अर्घाखाँचीमा एकै दिन ६८ जना कोरोना मुक्त,१० जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँची पछिल्लो २४ घण्टामा ६८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । सन्धिखर्क नगरपालिकामा ५०जना,भुमिकास्थान नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ८ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि ६८ जना डिस्चार्ज भएका हुन । योसँगै हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३२ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरमा १० जनामा कोरोना पुष्टि भएको छ ।

सन्धिखर्क नगरपालिकामा ८ जना,मालारानी गाउँपालिकामा २ जना गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो संगै हाल सम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय ३९ पुगेको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ६ सय १० पुगेको छ। यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ७९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close