तालिवानले राजधानी कब्जामा लिएपछि कुर्सीमा बसेको तस्बिर सार्वजनिक गरे

काठमाण्डौं ।अफगानिस्तानको राजधानीलाई तालिबानले कब्जामा लिन सफल भएको छ । राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्।तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । यस्तै तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ ।

मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सृजना भएको हो । देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close