तालिबानद्वारा महिलालाई पनि सरकारमा सामेल हुन आग्रह

एजेन्सी ।तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ ।साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण विश्वासका साथ नियमित दिनचर्या सुरु गर्न सक्नुहुन्छ ।’यो घोषणा यस्तो समयमा आएको हो जब अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारीले अब तालिबानले आफूहरुसँग बदला लिने हो कि भन्ने डरमा थिए ।तालिबान बर्बर सजाय दिनका लागि परिचित छ र उनीहरुमाथि युद्ध अपराध गरेको आरोप छ जसलाई उनीहरु लगातार खण्डन गर्ने गर्छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close