छत्रदेव गाउँँपालिकाद्वारा कुमाल परिवारलाई सोलार वितरण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कुमाल परिवारलाई सोलार वत्ती वितरण गरेको छ । गाउँपालिकाको भित्ररहेका ८ वटा वडामा विपन्न घरधुरीलाई उज्यालो अभियानमा समावेश गर्ने कार्यक्रम अन्तर्गत जनजाती परिवारले सोलार वत्ती वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
जसअन्तर्गत आज गाउँपालिकाको वडा नम्बर ५ को टुनिचौरमा करिब २० घर जनजाति समूहमा पर्ने कुमाल बस्तीमा ८० वाट क्षमता भएका सोलार बत्ति वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लामा पटकपटक लाइट जाने समस्या रहेको छ । सोलार बत्ती पाएपछि कुमाल समुदायमा खुशी छाएको छ ।केहि परिवारले घरमा विद्युत मिटर अहिले सम्म जोडेका थिएन ।अहिले सोलार बत्ति पाएपछि दैनिकीमा पनि सहज हुने् उपेक्षा रहेको छ ।वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close