अर्घाखाँचीमा थप ११ जनामा कोरोना पुष्टि,एकै दिन ८५ जना कोरोना मुक्त

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपषलिकामा ३ जना,मालारानी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकाकामा १ जनामा गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै हाल सम्म जिल्लाभरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट एकै दिन ८५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

सन्धिखर्क नगरपालिकामा ५२ जना,भुमिकास्थान नगरपालिकामा ५ जना,शितगंगा नगरपालिकामा १९ जना,मालारानी गाउँपालिकामा ५ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ८५ जना डिस्चार्ज भएका छन । यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्द्यया ३५सय ३७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय २२ पुगेको छ । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close