अर्घाखाँचीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा २ जना, मालारानी गाउँपालिकामा ७ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ९४ पुगेको छ । यस्तै हाल सम्म जिल्लाभर बाट ३ हजार ८ सय ३६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

अब सक्रिय संक्रमितको संख्या १ सय ७८ रहेको छ । सन्धिखर्क नगरपालिकामा ६८ जना ,भुमिकास्थान नगरपालिकामा १६ जना,शितगंगा नगरपालिकामा १३ जना,मालारानी गाउँपालिकामा ५७,पाणिनी गाउँपालिकामा १५ जना र छत्रदेव गाउँपालिकामा ९ जना गरि १ सय ७८ जना जिल्लाभरमा सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close