अर्घाखाँचीमा एकै दिन १५ जना कोरोना मुक्त,५ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्ले २४ घण्टामा १५ जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा ६ जना,भुमिकास्थान नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ६ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि १५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।योसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ८ सय ५१ जना कोरोना मुक्त भएका छन । यस्तै पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना ,भुमिकास्थान नगरपालिकामा २ जना,शितगंगा नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा १ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ९९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या १सय ६८ रहेको छ । सन्धिखर्क नगरपालिकामा ६३,भुमिकास्थान नगरपालिकामा १७,शितगंगा नगरपालिकामा १४ जना,मालारानी गाउँपालिकामा ५२ जना,पाणिनी गाउँपालिकामा १५ जना र छत्रदेव गाउँपालिकामा ७ जना गरि १ सय ६८ रहेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close