अर्घाखाँचीमा २ जना स्वास्थकर्मीसहित १२ जनालाई कोरोना पुष्टि

सबैको सन्देश /सागर महत अर्घाखाँची ।
अर्घाखाँचीमा थप १२ जना मा कोरोना पोजेटिभ देखिएको छ ।पोजेटिभ देखिने हरुमा सन्धिखर्क नगरपालिकाका ६ जना हुन ।भने भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकाका २ जनामा पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
जसमध्ये अर्घाखाँची अस्पताल मा कार्यरत दुई जना स्वास्थकर्मीसहित १२जनाको पिसिआर रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशाला भैरहवा मा केही दिनअघि उनीहरुको स्वाब संकलन गरि पठाईएको रिपोर्ट आएको हो ।अर्घाखाँचीमा यस अघि संक्रिय संक्रमित ४ जना रहेका छन ।आज थपिएका १२ जना संगै संक्रिय संक्रमित संख्या १६ पुगेको छ ।
कमेन्ट गर्नुहोस !