लायन्स क्लव अर्घाखाँचीद्वारा आफैले रोपेका विरुवा आफै संमरक्षण गर्ने अभियान संचालन

सागर महत /अर्घाखाँची ।
लायन्स क्लव अफ अर्घाखाँचीले आफैले रोपेका विरुवाको आफै संमरक्षण गर्ने अभियान चलाएको छ ।पछिल्लो समय वृक्षरोपण गर्ने तर त्यसको संमरण नगर्ने परिपार्टी हराउदै गएको भन्दै क्लवमा संगठित व्यक्ती हरुबाट विरुवा कसले धेरै संरक्षण गर्ने र हुर्काउनमा प्रतिस्पर्धा गर्ने अभियन संचालन गरेको लायन्स क्लव अफ अर्घाखाँचीले जनाएको छ ।

सोहि अभियान अन्तर्गत सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ को गोपेश्वर पिठ र वडा नम्बर १० को शिखर बारर्नेमा विभिन्न प्रजातिका विरुवा, फलफुल तथा औषधिय गुणयुक्त करिव २सय विरुवा बृक्षारोपण गरिएको हो ।आज क्लवका पदाधिकारीले तारजाली सहित २०वटा विरुवा र अन्य विरुवा लगाइएको क्लवका अध्यक्ष हरि प्रसाद भुसालले बताउनु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाँली लगायतको सहभागीतामा रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close