अर्घाखाँचीमा थप ८ जनामा कोरोना पुष्टि,२३ जना कोरोना मुक्त

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ७ जना र मालारानी गाउँपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १सय १८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना मुक्त भएका छन ।सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा ४ जना र पाणिनी गाउँपालिकामा ६ जना गरि २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।

यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३हजार ९सय ३३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४ रहेको छ । सन्धिखर्क नगरपालिकामा ४९ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा १२ जना,मालारानी गाउँपालिकाम २४ जना,पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि १ सय ४ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close