पाणिनीका पहिरो पिडित परिवारलाई प्रशासन अर्घाखाँचीको सहयोग

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पहिरो पिडित परिवार लाई राहत प्रदान गरेको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ झन्द्रेक बस्ने पहिरो पीडित जिवलाल सुनारको परिवार लाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्ल नेतृत्वको टोलि बाट पिडितको घरमै पुगि राहतस्वरूप २० हजार नगद, चामल,डसना, टेन्ट, कम्बल, त्रिपाल लगायतका अति आवश्यक राहत सामग्री प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

May be an image of 2 people, people standing, outdoors and tree
मंगलबार साझ घरमाथिबाट आएको पहिरोमा परि जिवलाल सुनारकी ९ वर्षिय छोरी झरना सुनारको मृत्यु भएको थियो भने २ जना सामन्य घाइते भएका थिए । पहिरोले घर र थारो पुर्ण रुपमा भत्किए र पहिरोमा ६ वटा बाख्रा १ वटा भैसी मरेका थिए भने अन्नपात लत्ता कपडा लगायतका सामाग्री सबै पुरिएका छन् ।

May be an image of tree, nature and mountain

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close