दाङमा खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु

दाङ ।दाङमा खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन्। मृत्यु हुनेमा
घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही(१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो ।उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा परेका थिए।उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइजनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। बर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close