अर्घाखाँचीमा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सवारी साधन ज्यान मुद्दामा फरार प्रतिवादी लाई पक्राउ गरेको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएका ३६ वर्षका मनोज दर्लामी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अदालत अर्घाखाँचीले २०७७ चैत्र १८ गतेको फैसला अनुसार ११ महिना ६ दिन कैद तोकिएकोमा फैसला पश्चात फरार रहेकोमा विशेष सूचनाको आधारमा
मनोज लाई उनकै घर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।
साथै जिल्ला अदालत अर्घाखाँचीमा पेश गरि कैद भुक्तानको लागि कारागार चलान समेत गरिएको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close