आँधीमा परेर अमेरिकामा एकै परिवारका ३ जना नेपालीको मृत्यु

काठमडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको आइडा नामक आँधीमा परेर उनीहरुको मृत्यु भएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नम्बर २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ४५ भन्दा बढीको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close