शान्ति माध्यमिक विद्यालमा भर्चुअल माध्यबाट नृत्य प्रतियोगिता सम्पन्न

बाँगी ।अर्घाखाँचीको मालारानी ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयले आज भर्चुअल तीज विशेष प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत आउदै गरेको हरितालिका तीजको पूर्व सन्द्यामा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त तीज विशेष प्रतियोगिता कार्यक्रममा १३ ओटा समूहले एकल तथा बहु नृत्य प्रस्तुती प्रस्तुत गरेका थिए । जसमा कक्षा ११ प्राविधीक धार तर्फकी छात्रा कृपालु भुसालले प्रथम, कक्षा १२ व्यवथापन समूहकी छात्रा बिन्दु भुसाल दृतीय, कक्षा ७ की छात्रा मन्जिता अधिकारीले तृतीय र कक्षा ९ प्राविधिक धार तर्फकी छात्रा ममता भुसालको समूहले सान्तोना स्थान हासिल गरेको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार तोके बमोजिम विद्यालयमा पठनपाठनको लागि सहज वातावरण भएपछि प्रदान गरिने छ ।

कार्यक्रम विद्यालयका प्रधानध्यापक मान बहादुर पाण्डेले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको शैक्षिक गतिविधि अभिवृद्धि गर्ने भन्दै आगामी दिनहरुमा यस्ता कार्यक्रम सम्पन्न गर्ने बाचा गर्दै कार्यक्रम उपस्थित विद्यार्थी, अभिभावक लगाएत सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा शिक्षक विद्यार्थी र अविभावक हरुको ऊपस्थिति रहेको थियो । कार्यक्रमको निर्णायकको भूमिका विद्यालयका शिक्षक छबिलाल घिमीरे, धनिराम भुसाल, मिना महत र केशब खनालले निर्वाह गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक अशोक पौडेल, झबिन्द्र खड्का, प्राविधिक धार तर्फका सयोजक इन्जिनीयर जीवन खनाल, इन्जिनीयर विकाश कुँवर, सब इन्जिनीयर रेशम भुसाल, प्रदीप भुसाल, बलराम भुसाल लगाएत दुई सय भन्दा बढी विद्यार्थी र अविभावक हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयका प्रधानध्यापक मान बहादुर पाण्डेको अध्यक्षता, सहायक प्रधानध्यापक तारा प्रसाद भुसाल ,माधब प्रसाद पन्थीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक बसन्त बहादुर खड्काको सन्चालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार तर्फका सब इन्जिनीयर जय बहादुर रोकायले जानकारि दिनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close