दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

काठमाडौं। यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौंको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ । अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।” आजको गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close