अर्घाखाँचीमा ९ जनामा कोरोना संक्रमण पुष्टि,१० जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा २ जना, मालारानी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ५७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १० जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा ४ जना, भुमिकास्थान नगरपालिकामा १ जना ,शितगंगा नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा २ जना गरि १० जना कोरोना मुक्त भएका हुन ।

यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ९ सय ९७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। अब सक्रिय कोरोना संक्रमितको संख्या ७९ रहेको छ ।सन्धिखर्क नगरपालिकामा ३० जना,भुमिकास्थान नगरपालिकामा १० जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २९ जना,पाणिनी गाउँपालिकामा ६ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ७९ जना सक्रिय कोारोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close