पपुवा न्युगिनी (पिएनजी)सँगको खेलमा नेपाली टिम विजयी

काठमाडौं ।पपुवा न्युगिनी (पिएनजी)सँगको खेलमा नेपाली टिम विजयी भएको छ ।दोस्रो एकदिवसीय खेलमा नेपाल १सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको छ। ओमानमा भएको खेलमा नेपालले दिएको २सय३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१  ओभरमा ८२ रनमै अलआउट भयो।यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २० ले आफ्नो पक्षमा परेको छ।

यसअघि सन्दीपले एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिएका थिए। सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक÷एक विकेट लिए। पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १९ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा समेटिए थिए।  नेपाल ३ बल खेल्न बाँकी छदा २३३ रनमा अलआउट भयो। नेपालका लागि रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रोहितले ८६ रन जोडे। उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close