अर्घाखाँचीकी तुम्कोटे आँबैको संघर्षको जिवनी, दैनिकी चलाउन बाख्रा पालनदेखि करोडको मालिकसम्म

अर्घाखाँची जिल्लाको सन्धिखर्क १ तुम्कोट निवासी बुवा थानेश्वर भुसाल र आमा रुपा भुसालको कोखबाट १९९३ बैशाख २२ गते जेठो सन्तानको रूपमा जन्म लिनु भएको चित्रकला भुसालको सामाजिक परम्परा अनुसार २००७ साल माघमा १४ बर्षको उमेरमा साबिक धन्चौर गाबिस हाल भुमिकास्थान नगरपालिका १० दारिमपाटा निवासी रबिलाल खनाल संग बिबाह भएको थियो।
बिबाह पछि २०१८ साल फाल्गुनमा उहाँ बाट एक सन्तानको जन्म भयो।२०१९ साल असार महिनामा उहाँका पति रबिलालको चिउरीको रुख बाट लडेर आकस्मिक र अकल्पनीय निधन भयो।
२६ बर्षको कलिलो उमेरमा पति बियोगमा पर्नु भएकी उहाँ लाई सानो ६ महिनाको टुहुरो बच्चाको लालन पालन गर्न पर्ने दायित्व आईपर्यो।
लाउँलाउँ र खाउँखाउँ उमेरमा आफ्नो पति गुमाएकी चेलिको पीडा कम गर्न र नावालक बच्चाको भबिस्यको निम्ति उहाँ लाई आमा बुबा र भाइ हरुले माइतिमै राख्ने सोंच बनाउनु भयो।
आफ्नो बिबाह गरेको घर गाउँमा भन्दा माइतीमा केही पीडा पनि कम हुने र साथ सपोर्ट माया ममता पनि अलि बढी हुने सम्झेर उहाँ माइती मै बस्न थाल्नु भयो।
आफ्ना भाइ हरु लोकहरी भुसाल र अनन्त राज भुसाल संगै बसेर माईतिको अभिभावक बनेर बस्नु भयो।पारिबारिक नेतृत्व गर्नु भयो।
सामुहिक काम संग संगै उहाँले निजि रूपमा (माइतिले दिएको पेवा )बाट उन्नत जातको बाख्रा पाल्न थाल्नु भयो।
लामकाने एकै बेतमा २-३ वटा पाठापाठी पाउने बाख्रा पाल्न थालेपछि केही आम्दानीको श्रोत भयो।माइतीले टिकाटालो गरेर दिएको रकम बाट उहाँले निजि आम्दानी गरेर रकम जम्मा गर्न थाल्नु भयो।
त्यहाँ बस्दा माईती दाजुभाइले मात्र होइन त्यस क्षेत्रकै सबैको चेलिको रूपमा अगाडि बढदा धेरै पिडाहरु पनि क्रमश कम हुँदै गए। माइतीमा बसेर आफै दुख गरेर जोगाएको पेउटे पेवा,( निजि )
त्यो आम्दानी बाट बचेको पैसा उहाँले गाउँ घरमा पर्ने प्रदेश जाँदा गाडिभारा,जिल्ला बाहिर पढन जाने लाई पैसा ,बिबाह पुजा लगायतमा सै सापटी रिण दिन थाल्नु भयो।
बिचरीले कति दुख गरेर जम्मा गरेको भनेर पैसाको काम चलाउने ब्यक्तिले पनि इमानदार साथ फिर्ता गर्नु भयो । थोपा थोपा ले गाग्री भरिए जस्तै गाउँ ठाउँमा अलिअलि पैसा भएकी ब्यक्तिको रूपमा उहाँ चिनिन थाल्नुभयो।
उहाँले तुम्कोट बस्दा सुडेनी (महिला स्वास्थ्य स्वंय सेबिकाको रूपमा धेरै महिला हरुलाई सहयोग गर्नुभयो।
त्यो बेला सुत्केरी हुने महिला हरु अस्पताल जाने कुराको कल्पना सम्म गरिने थिएन।
भगवान भरोसा सजिमुल बच्चा जन्मिए बाँच्ने नभए मृत्यु बरण गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा तालिम प्राप्त स्वास्थ्यकर्मीले जस्तै सुत्केरी महिलाको सेवा गर्नमा तल्लिन हुनुहुन्थ्यो। कहिलेकाही त २-३ दिन सम्म पनि सुत्केरी महिलाको समिपमा रहेर सेवा गर्नु पर्दथ्यो।उहाँको त्यो सेवा बाट त्यस क्षेत्रका महिला हरुले ठूलो सहयोग पाएको कुरा स्थानीय हरुले बताउँछन।
समय बित्ने क्रममा उहाँ जिल्ला सदरमुकाम आएपछि २०४३ सालमा हाल बस्ने गरेको स्थान हललाईन (एन. आई. सि.एसिया बैंक) मा जग्गा खरिद गर्नु भयो र माइतीतिरबाट सल्लाको काठ बाँस ल्याएर बारेको घर बनाएर त्यही बस्न थाल्नु भयो।तर बजार झरेपनी उहाँले बाख्रा पालन गर्न छोडनु भएन।बरु अझ धेरै पाल्न थाल्नु भयो।हुर्केका पाठा हरु बजारमा बिक्रि हुन थाले त्यसबाट राम्रै आय आर्जन भएको उहाँको भनाई छ।
बाख्रा पाल्दा घाँस आबश्यक हुनेठानी ठुला ठुला बारिका पाटा खरिद गर्नुभयो। घरका चामलको भात खान १०-१२ रोपनी खेत खरिद गर्नु भयो। जुन अहिले पनि यथाबत छन।तिनको मूल्य करोड करोड पर्दछ ।
उहाँ सुन लगाउन अत्यन्तै सौखिन ब्यक्ति त्यो बेलादेखि झण्डै १०-१५ तोलाका सुनका गरगहना लाएर पेँहालपुर भएर हिडने उहाँलाई कोहि कोहीले त सुन लाउने आँबै भनेर पनि चिन्दछ्न।
सानैदेखि माइतिमा बस्दै आउनु भएकोले उहाँ लाई तुम्कोटे आँबै भनेर चिन्दछ्न। उहाँ लाई अहिले पनि ढिकुरा डेभाको भन्ने खासै धेरै लाई थाहा छैन।
बिहान उठेपछि नुहाई धुहाई गरेर पुजापाट जप गरेर सुर्यलाई अर्ग चढाएर मात्र अरु काममा लाग्ने उहाँले तुम्कोट कालिका भगवती मन्दिर,चुत्राबेशी भक्तिटोलमा रहेको शिद्वेश्वर सिबालय मन्दिर ,शान्ती बगैंचा १०८ पाँचायन मन्दिर,बसपार्कमा तहेको भगवती मन्दिर स्थापना र संचालनमा लाखौं रकम चन्दा दान दिनु भएको छ।
सन्धिखर्क लगायत जिल्लाका दर्जनौं धार्मिक महोत्सव हरुमा ब्राह्मण हरुलाई पुरै समय भोजनको ब्यबस्थापन सहित लाखौं चन्दा दिँदै आईरहनु भएको छ।
उहाँले तुम्कोटमा रहेको बाल आधारभूत बिधालयमा रु १ लाखको अक्षयकोष स्थापना गर्नुको साथै श्री युवाबर्ष जनता मा. बि.लाई स्वर्गीय आफ्ना पति रबिलालको स्मृतिमा श्री युवाबर्ष जनता रबिचित्र मा. बि. को रुपमा नामाकरण गराउनु भएको छ।उक्त बिधालयमा उहाँ बिगत २० बर्ष देखि बिधालय ब्यबस्थापन समितिमा रहेर काम गर्दै आईरहनु भएको छ।
गाउँ गाउँका बिधालय खोल्न रकम अभावका कारण बजारमा चन्दा माग्न आउने शिक्षा प्रेमी हरुलाई चन्दा उहाँ अरुले सोंचे भन्दा बढी चन्दा दिएर पठाउनु हुन्थ्यो।
उहाँको घर त जसरी पनि जानू पर्दछ भनेर पहिलो प्राथमिकतामा उहाँ लाई राखिन्थ्यो।
विभिन्न सभा समारोह साँस्कृतिक कार्यक्रम अधिबेशन भेलाको निम्ति चन्दा माग्न जानेलाई कहिल्यै निरास बनाएर फर्काउनु भएन।बरु आशा गरेभन्दा बढी नै दिनुहुन्थ्यो ।
धेरै ब्यक्तिहरुको अनुभुती छ।
तिहारमा देउसी भैलो खेल्ने कोहि कसैले उहाँको आँगन छुटाउने थिएन।र छुटाउन्नन ।
भजन किर्तनमा अत्यन्तै शोखिन तुम्कोटे भजने संग उहाँ घण्टौं नाच्नु हुन्थ्यो।
अग्लो ज्यान त्यत्तिकै सुन्दरता,पेंहालपुर
सुनका गरगहनामा सज्जित उहाँको नाँच मन नपराउने कोहि हुने थिएन।
शालिन भद्र अनुशासित उहाँ बास्तबमै अनुकरणीय ब्यक्ति हुनुहुन्छ। अरुलाई दिएर गरिब भैदैन।मागेर धनी भैदैन “दानिलाई हानी हुँदैन”भन्ने उहाँको सिद्धान्त छ।
उहाँको एकमात्र छोरा डाँसिराम खनाल ( डिआर खनाल )ले प्रारम्भिक शिक्षा बालशिक्षा प्रा. बि. तुम्कोट माध्यमिक तह जनज्योति मा. बि. र उच्च शिक्षा काठमाडौ र चार्टर एकान्टेन भारतिय बिश्व बिधालय बाट हासिल गर्नु भएको छ ।उहाँले विभिन्न बिषयमा विशेषज्ञ हासिल गर्नु भएको छ।उहाँ काठमाडौका विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै आईरहनु भएको छ।
आमाका गरेक खुशी र सामाजिक कार्यमा पुर्ण रूपमा साथ दिंदै आईरहनु भएका उहाँको छोरा काठमाडौमा अर्घाखाँची बासिको लागि मात्र होइन ।देशकै परिचित ब्यक्तित्व हुनुहुन्छ।
८६ बर्षिय तुम्कोटे आँबै अहिले काठमाडौ स्थित छोरा बुहारी संगै हुनुहुन्छ।
जिल्ला छोडेर काठमाडौ जाने इच्छा त होइन।छोरा बुहारीले जोर जबर्जस्त गरे अब स्वास्थ्य पनि कमजोर हुँदै गएको छ। मान्छे यहाँ छु।मन त्यही छ बाबू छोटो फोन सम्बादमा उहाँले बताउनु भयो।
धार्मिक आध्यात्मिक, शैक्षिक, सामाजिक साँस्कृतिक ब्यक्तित्व उहाँ लाई जिल्ला बासिको तर्फदेखी उच्च सम्मान गर्दै दिर्घजिबनको निम्ति भगवान संग प्रार्थना सहित मंगलमय कामना ब्यक्त गर्दछौं ।
लेखक सहयोगी बि.सि मालारानी गाउँपालिकामा जन्म भै हाल सन्धिखर्क २ मा बसोबास गदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close