एकीकृत समाजवादी: युवा संघ नेपालको लुम्बिनी प्रदेश भेला सम्पन्न

सबैको सन्देश ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशद्धारा आयोजित प्रदेश भेला नेपालगन्जमा सम्पन्न भएको छ । कार्यक्रममा  नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि माधवकुमार नेपालको उपस्थिति रहेको थियो ।
उक्त भेलामा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाही तथा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट सहभागिता रहेको थियो । उक्त भेलाले पिपुल्स भोलेन्टियर लुम्बिनी प्रदेशको २३ सदस्य कमिटी र जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ जसमा प्रेम बुढा प्रदेश कमिटी अध्यक्ष, सार्दुल मयुर कसौधन प्रदेश कमिटी सचिब, बर्दिया रमेश रावल, बाके राजु रुचाल, दाङ भिम बहादुर थापा, अर्घाखाँची मनोज सापकोटा, प्युठान गिर बहादुर छेत्री, कपिलवस्तु बिष्णु भट्टराई र परासीमा मनिश आलेलाई जिम्मेवारी दिएको छ भने बाँकी जिल्ला सम्बन्धित जिल्लाले टुंगो लगाउने निर्णय भएको छ ।

युवा संघ नेपालका प्रदेश कमिटी अध्यक्ष किशोर थापाको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close