आज राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाण्डौ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।ै दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाको व्यवस्था गरिएको दाबी गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close