बोक्सी भन्दै महिलामाथि निर्घात कुटपीट गर्ने चारजना पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि झारफुक गर्ने क्रममा बोक्सी भन्दै  निर्घात कुटपीट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुरकी ३० बर्षीय महिलामाथि काठमाडौंको ठूलो भर्याङमा कुटपीट गरिएको थियो । कुटपीटको आरोपमा प्रहरीले ती महिलाका श्रीमानसहित दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार थिङचाहि झारफूक गर्ने धामी हुन् । उनलेनै ती महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपीट गरेका थिए । धामीले कुटपीट गरेपछि त्यहाँ रहेका अन्य व्यक्तिले पनि कुटपीट गरेका थिए ।गत २१ भदौमा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले पत्नीलाई धामी थिङको घरमा झारफुक गर्न लगेका थिए ।

प्रहरीका अनुसार पीडित महिलाको शरीरमा कुटपीटबाट नीलडाम सहित घाउ रहेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौका एसपी रमेश बस्नेतले बोक्सी भन्दै कुटपीट गर्ने चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको बताए । पीडित महिलाको जाहेरी उनीहरुलाई पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close