माग पूरा नभएसम्म संसद् चल्न दिँदैनौं : नेता रायमाझी

काठमाण्डौ. ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको टिप्पणी गर्नुभएको छ ।उहाँले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको आरोप समेत लागाउनुभएको छ । उहाँले अब कुन पार्टी सही र कुन पार्टी गलत रु भनेर जनताले मूल्यांकन गर्ने बेला आईसकेको भन्दै संविधान र लोकतन्त्र रक्षाको लागि पनि चुनावमा जानुपर्ने बताउनुभयो ।यस्तै एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने समेत बताउनुभएको छ ।।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close