एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा थापा र अध्यक्षमा महत चयन

यि दुवै गुल्मीका प्रभावशाली युवा नेता मानिन्छन् ।

शक्ति महत/सबैको सन्देश,
काठमाण्डौं ।
नेकपा एकीकृत समाजवादीे गुल्मीले जिल्लामा इन्चार्ज र अध्यक्ष तोकेको छ । गुल्मी जिल्लाको इन्चार्जमा हिमाल थापा रहेका छन् भने अध्यक्षमा श्रीराम महत चयन भएका छन् । यि दुवै गुल्मीका प्रभावशाली युवा नेता मानिन्छन् ।

गुल्मी जिल्लाको दुवै निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्य प्रदीप ज्ञवाली र गोकर्ण विष्टले हिजो जिल्लामा आयोजित नेकपा एमालेको कार्यकर्ता भेलामा गुल्मी जिल्ला एमालेमा एकढिक्का रहेको सन्देश दिएपनि आज भने एकीकृत समाजवादीले जिल्लामा इन्चार्ज र अध्यक्ष तोकेपछि जिल्लाको राजनीतिले नयाँ मोड लिएको छ ।

यो सँगै यसअघि जिल्लामा माधव नेपाल पक्षधर रहेका नेता तथा कार्यकर्ता विभाजित भएका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close