बर्दियामा बँदेल मार्न राखेको पासोमा परेर तिन जनाको मृत्यु

बर्दिया । बर्दियामा बँदेललाई मार्न राखिएको पासोमा परेर तीन जनाको मृत्यु भएको छ ।विद्युतीय करेन्टको पासोमा परेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि

करेन्ट लागेर मृत्यु भएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close