छोराको आशमा वर्षौटे सन्तान : १२ छोरी ईश्वरका वरदान’

प्युठान । प्युठान नौवहिनी गाउँपालिका ७, बाँसकोटकी पुना सापकोटाले छोराको आशमा १२ छोरीलाई जन्म दिनुभएको छ ।

रोल्पाको सिर्फ गाउँ माइती भएकी पुना अहिले ५७ वर्ष र उहाँको श्रीमान् सुमन्त ५८ वर्षको हुनुभयो । उहाँहरूको ४४ वर्ष अघि भागी विवाह भएको थियो ।

सापकोटाको जोडीलाई विवाहपछिको पहिलो सन्तान छोरा जन्मियोस् भन्ने चाहाना थियो तर अहिलेसम्म आइपुग्दा १२ वटा सबै सन्तान छोरी छन् । पुना सापकोटाले भन्नुभयो, बिहेको दोस्रो वर्ष नवित्दै पहिलो बच्चाका रूपमा छोरी जन्मियो, त्यसपछि पनि सबै छोरी नै जन्मिए दोस्रो सन्तान छोरा जन्मिने आश घरमा ठूलो थियो तर दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि मनमा त्यति खुसी छाएन। गाउँघरका पनि छोरा नजन्माएको भन्दै कुरा सुनाउन थाले । उहाँले भन्नुभयो, त्यसैले छोराको आशै आशमा १२ छोरी पाइरहें।

हिन्दु संस्कारमा छोरी हुँदा वंश कायम रहँदैन भन्ने डरले पनि छोराको आशमा आफूले १२ वटा सन्तान जन्माएको पुनाका श्रीमान् सुमन्त सापकोटाले बताउनुभयो । उहाँका अनुसार १२ छोरीमध्ये आठवटा छोरीले विवाह गरिसके। चारवटी छोरी स्कुल पढ्दै छन्।

अहिले भने पुना र सुमन्त छोरी भएकोमा खुसी छन् पहिले छोरी भएकोमा हेला गर्नेलाई पनि सापकोटाका छोरीको पौरख देखेर जवाफ मिलेको छ ।

हरेक हिसाबले छोरीबाट छोरा सरह साथ पाइरहेको सापकोटाले बताउनुभयो दम्पतीले भन्नुभयो, छोरीहरू ईश्वरका वरदान सावित भएका छन्, धेरै खुसी छौं। गोरखापत्रमा सलिम मियाँले समाचार लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close