महाधिवेशनमा सहमति, सहकार्य साथ अघि बढ्नु प्रर्छः सचेतक निर्मला क्षेत्री

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कांग्रेसको १४ औं महाधिवेशनलाई गुट र उपगुट समाप्त पारि सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् । शनिबार नेपाली कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको क्षेत्रीय प्रतिनिधिहरु छलफल कार्यक्रममा उनले जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको अहम् भुमीका रहेकोले सबै जिम्मेवार भयर अगाडि बढनु पर्ने आजको पहिलो आबश्यक रहेको बताईन् ।

No description available.

क्षेत्रीले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिदै क्षेत्रीले कांग्रेसको आसन्न १४ औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरिन् । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला कार्य समितिका सदस्य माधव भुसालले कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने पार्टी रहेको बताउँदै विधिको शासन अवलम्वन गरेर पार्टीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेस पाणिनी गाउँपालिका वडां नं. ४ का सभापति धर्मराज घिमिरे, ट्रेड युनियन कांग्रेस अर्घाखाँचीका सभापति सुमन्त बस्याल, नेपाली कांग्रेस अर्घाखाँची-कपिलवस्तु सम्पर्क समाजका सभापति तुल्सीराम घिमिरे, मैदान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर घिमिरे, नेविसंघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिका सभापति ठाकूर घिमिरे लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितीका सभापति तुल्सी भुषालको अध्यक्षता र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close