आईसीसी विश्व कप क्रिकेट लिग २ मा नेपालले ओमानलाई ७ विकेटले हरायाे

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ।अल अमिरात मैदानमा ओमानले दिएकाे एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायाे ।योसँगै४ खेलको सिरिजमा नेपालले २ मा मात्र जित निकालेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। आजकाे जितसँगै लिग–२ मा नेपाल ८ अंक जोडेर चाैथाे स्थानमा उक्लिएकाे छ। आजको खेलमा ओमानले दिएकाे एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायाे । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समात ६–६ रन बनाएर आउट भए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close