कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो

काठमाडौं : नेपाली कांग्रेसले  क्रियाशील सदस्यता विवाद टुंग्याएको छ।लामो अन्तराल पछि  लामो अन्तराल पछि विवाद टुंग्याएको हो ।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो।
२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।

सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताएका छन् ।सातौंपटक संशोधन गरिएको कार्यतालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ। एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close