अर्घाखाँचीमा दुधको मूल्य बढ्यो

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा दुधको मूल्य बढेको छ ।गाई र भैसी दुवैको दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।योसँगै भंैसीको दूध प्रतिलिटर ९० रुपैयाँ र गाईको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समृहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिनुभयो ।सरोकारवालासँगको समन्वय र किसानको जिल्ला भेलाको निर्णय बमोजिममा मंगलबारबाट लागु हुने गरि मूल्य बढाएको हो ।यस अघि अर्घाखाँचीमा भैसीको दूध प्रतिलिटरमा ८० रुपैयाँ र गाईको दुध प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close