दसैँ तथा चाडपर्व लक्षित अग्रिम टिकट ११ असोजदेखि खुल्ने

काठमाण्डौं ।सरकारले यस वर्षको दसैँ तथा चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खोल्ने निर्णय गरेको छ ।दशैँका लागि काठमाण्डौ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले कोरोना महामारीको वेला भएकाले कोचाकोच नगरी र स्वास्थ्य मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।,

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close