अर्घाखाँचीमा कांग्रेसको महाधिवेशन अन्तर्गत पालिकाको अधिवेशन भोलि हुँदै तयारी पुरा

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची शाखाको नगर तथा गाउँपालिका अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।जिल्लामा १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भईसकेकोले भोली केन्द्रको निर्णय बमोजिम महाधिवेशन पालिका स्तरमा हुन लागेको अधिवेशन हुने छ । जसको लागि सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापति विष्णु प्रसाद खनाल ( मुस्कान) ले जानकारी दिनुभयो । जिल्लाका ६ वटा स्थानीय तह सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा निर्वाचन हुन लागेको हो।निर्वाचन क्रममा निती नियम भन्दा बाहिर गएर गतिविधी गर्ने जो कै लाई कानुनी दायरामा लिइने पार्टी सभापति मुस्कानले जानकारी दिनुभयो । निर्वाचन समितीले तोकेको समय अवधिमा निर्वाचन सम्पन्न गर्नको लागि पालिका स्तरमा सोहि अनुसारका निर्वाचन अधिकृत र कर्मचारी खटाइएको समेत बताइएको छ ।निर्वाचन बिहान १० बजेदेखि सुरु हुने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close