आईपीएल क्रिकेटमा चेन्नई शीर्ष स्थानमा

काठमाडौं। रोयल च्यालेन्ज बैंगलोरलाई पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति युएईको शारजाहमा भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो। बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे।चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाए ।यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । बेङ्ग्लोर भने १० अङ्कसहित तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close