कांग्रेसको १४ महाधिवेशनमा सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल विजयी

अर्घाखाँची । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल विजयी हुनुभएको छ ।आज भएको अधिवेशनमा सभापति पदका उम्मेदार भुसालले १ सय ५५ मत प्राप्त गर्नुभएको थियो भने सभापतिमा अन्य उम्मेदवार लिलाधर बस्यालले १सय२३ मत र विष्णु प्रसाद भुसालले १२ मत ल्याउनुभएको थियो ।कुल मत २ सय ९८ रहेको थियो । यस्तै उपसभापतिमा दुई जना विजय हुनुभएको छ । जसमध्ये तुल्सी पौडेल  १ सय ३१ मत र शान्ता पन्थी ले१सय५
मत प्राप्त गरि विजय हुनुभएको हो ।यस्तै उपसभापतिका अन्य उम्मेदवार जनक भुसालको ९० मत, निरेन्द्र रायमाझी ९८ मत, पोम नारायण पोख्रेलले ८७ मत,ल्याउनुभएको हो ।नगर सचिवमा सञ्चारकर्मी मुक्तिनाथ भुसाल र सन्धिखर्क नगरपालिका  वडा नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद आचार्य निर्विरोध विजय हुनुभएको हो ।
यस्तै सहसचिव ठाकुर भुसाल , दिपक अधिकारी लगायतको टिम विजय भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close