मालारानीमा शोभाखर खनाल र पाणिनीमा तुल्सी पौडेल सर्वसम्वत कांग्रेस सभापतिमा चयन

अर्घाखाँची ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका दुइ वटा गाउँपालिकामा सर्वसम्वत सभापतिमा चयन गरिएको छ । जसअन्तर्गत मालारानी गाउँपालिकाको कांग्रेस सभापतिमा शोभाखर खनाल निर्विरोध चयन हुनुभएको छ ।सभापति खनालको नाममा सहमति भएपनि अन्य पदमा भोली सहमति गरिने जनाईएको छ ।
यस्तै कांग्रेस पाणिनि गाउँपालिका सभापति पदमा तुल्सी पौडेल सर्वसम्वत चयन हुनुभएको छ । आज भएको अधिवेशनमा पौडेल सर्वसम्वत चयन हुनुभएको हो । उपसभापतिमा प्रेमनारायण भटराई र खगेश्वर पौडेल, सचिव दीपक बेल्वासे र प्रमोद गौतम, सहसचिव देवीप्रसाद कोइराला र लिलापति घिमिरे, कोषाध्यक्षमा महेश पन्थ सर्वसम्वत चयन हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close