अर्घाखाँचीमा १३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा २ जना,पाणिनी गाउँपालिकामा ७ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकामा १ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ४ हजार १ सय १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब सक्रिय कोरोना संक्रमितको संख्या ८७ रहेको छ । सन्धिखर्क नगरपालिकामा ३५ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ८ जना,पाणिनी गाउँपालिकामा ३५ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close