कुशल बेल्बासेको फेरि उतै जान पर्छ बोलको गीत सार्वजनिक

अभिनव चौहान/अर्घाखाँची । अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएको नाम हो कुशल बेल्बासे । उनको आवाजमा सजिएको रातो घलेकीमा,हातैका पौजाले र शनिसार जस्ता चर्चित गीतहरु नसुन्ने नेपाली सायदै कमै छन् । रातो घलेकीमा, माली गाइले बाछी चाटेको , हातैका पौजाले , शनिसार लगायतका थुप्रै गीतहरुमा उनले आवाज भरिसकेका छन् । भर्खरै मात्रै उनको लय सिर्जना तथा स्वरमा उतै जान पर्छ बोलको गीत सार्वजनिक भएको छ।जसमा नारायण कंडेलको शब्द सिर्जना त्यसैगरी नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादनमा विनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको यस गीतमा निर्देशन भने भण्डारी आफैले गरेका हुन् । पूरा भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close