सन्धिखर्क नगरपालिकाद्वारा बजार अनुगमन

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा बजार अनुगमन गरिएको छ ।जस अन्तर्गत सुपादेउराली मन्दिर क्षेत्र र नरपानी घुम्टिमा रहेका किराना पसल ,फोटो स्टुडियो र होटलहरु गरि ४० ओटा पसलको अनुगमन गरिएको बताईएको छ।
अनुगमनको क्रममा पसलहरुबाट मिति गुज्रिएका खाद्यबस्तु लगायतका सामग्री जफत गरि डम्पिङ्गसाइटमा लिएर नष्ट गरिएको थियो । अनुगमनको क्रममा पसलहरुको दर्ता नै नगरि संचालन गरेको पाएको छ भने अधिकांमश पसलमा मुल्यसुचि नै नभएको भेटिएका पसल लाई एकहप्ताभित्र सबन्धित ठाउँमा गइदर्ता गर्न आग्रह गरिएको सन्धिखर्क नगरपालिकाका बजार अनुगमन संयोजक जीव नारायण अचार्यले जानकारी दिनुभयो ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्ण प्रसाद अचार्य , पसुशाखा प्रमुख नारायण खनाल , रमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि कृष्ण बहादुर तमाङ्ग,उद्योग बाणिज्य संघ जिल्ला सदस्य रुद्र प्रसाद श्रेष्ठ , चेम्बरअफ कमसका महासचिब प्रकाश भुसाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागिताको सहभागीता रहेको थियो ।

May be an image of 1 person, standing and outdoors

May be an image of fire and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close