अर्घाखाँचीमा घरको छत बाट खसेर एक जनाको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा घरको छत बाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचा मुनि बसोबास गर्ने ९२ वर्षिय खिमानन्द पौडे्ल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उहाँ आफ्नै घरको छत बाट खसेर मृत्यु भएको र अहिले पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।यस बारे थप अनुसन्धान समेत भैरहेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close