गाउँमै १५ शैंयाको अस्पताल सिलन्यास भएपछि मालारानी बासी खुशी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ शैंयाको अस्पतालको सिलन्यास गरिएको छ ।मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले अस्पताल भवनको सिलन्यास गर्नुभएको हो ।कुल १९ करोड ९२ लाखमा बजेटमा निर्माण हुन लागेको अस्पताल डाँफे अम्मर जेवि  प्रा.लि.ले निर्माणको जिम्मा लिएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

भबन सिलन्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री. वडा नम्बर २ का वडा अध्यक्ष बिनोद भुसाल, वडा नम्बर ३ का वडा अध्यक्ष शोभाखर खनाल वडा नम्बर ८ का वडा अध्यक्ष नरेन्द्र केसि, गाउँकार्यपालिका सदस्य दिपा पोख्रेल ,मालारानी गाउँपालिका स्वास्थ शाखा प्रमुख भविश्वर खनाल स्थानीय राजनैतिक दलका प्रतिनिधि समाजसेबि हरुको उपस्थिति रहेको थियो ।गाउँमै अस्पताल बन्ने भएपछी पालिकावासी खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close