अर्घाखाँचीमा ८ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भुमिकास्थान नगरपालिकामा १ जना,पाणिनी गाउँपालिकामा ६ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय ३४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय ४१ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले् जनाएको छ ।

अब सक्रिय कोरोना संक्रमितको संख्या १ सय ११ रहेको छ र सन्धिखर्क नगरपालिकामा ४० जना,भुमिकास्थान नगरपालिकामा ५ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ९ जना,पाणिनी गाउँपालिकामा ५१ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि १ सय ११ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ८२ रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close