माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ४ मन्त्रालयमा सहमत

काठमाडौं, । पाँच मन्त्रालय दाबी गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ब्याक भएका छन् । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने भद्र सहमति पछि नेपाल ब्याक भएका हुन् ।आज सत्ता गठबन्धनको बैठकमा नेपालले ५ मन्त्रालयमा दाबी छाडेनन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएनन् । त्यसपछि उनले २ प्रदेशमा मुख्यमन्त्री पाउने भए लचिलो बन्ने प्रस्ताव राखेपछि सहमति बनेको बुझिएको छ ।अब प्रदेश १ मा राजेन्द्र राई र बागमती प्रदेश राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चितप्रायः भएको छ ।नेकपा एसले चारवटा शक्तिशाली मन्त्रालय पाउने भएको छ । एसले स्वास्थ्य, श्रम, पर्यटन र सहरी विकास मन्त्रालय पाउने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close