आमा ! म मुस्कुराउदै फर्किने छु

-संगीता विश्वकर्मा दरखाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिए आमाले फोनमा भन्नुभयो वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शुन्यता छायो तिमी आइनौ छोरी । बोली फुटेन भक्कानिदै फोन राखेँ अनि आखाबाट गङ्गा बगाए तवमात्र मन अलि हल्का भयो । भित्तामा हेरे घडीले साढे सात बजाइसकेछ, खाना खान मन लागेन कपडा लगाएँ अनि डिउटी निस्किए ।

मलाई पनि आउन मन नभएको कहाँ हो र सम्हालेर राखेकीछु आमा ती विगतहरू । आफ्नै घर,आफ्नै पाखापखेरा, आफ्नै गाउका गित संगीत हजुरको काख सबैको सम्झना मुटुभरी छन । आमा हाम्रो मिलन भेट न झरी न झरना न त कुनै खोला नदी, केही कुनैले पनि छेक्न सक्दैनथ्यो । तर आज विवशता र जिम्मेवारीले मलाई चाडपर्व भन्दा धेरै बाबू आमा र बालबच्चाको स्वास्थ्य नै ठुलो लागिरहेको छ । मेरो पेशा कार्यले तपाई जस्तै धेरै आमाहरूको मुहारमा चमक आइदिन्छ । आमा तपाईलाई जति पिर चिन्ता छोरीको छ मलाई त्यति नै पिर अन्य आमाहरूको छ ।

प्रसुति पिडामा छट्पटाईरहेका ती आमाहरू छाडेर म मेरी आमाको अंगालो भर्न आउन सकिन आमा । जतिसुकै पिरचिन्ता अभाव भएपनी हामिले आफ्नो धर्म भुल्ने छैनौ भनेर बलेको मैनबत्ति समाती कसम खाएका थियौ । जस्को स्वास्थको लागि हामी दिनरात नभनी खटिरहेका छौ आज उनैबाट हामी अपमानित र तिरस्कृत भएका छौ तर पनि हामी काममा बिचलित भएका छैनौ । मेरि आमा तपाइलाइ थाहै छ आज विश्व संक्रमित रोग कोरोना भाइरस कोभिड १९ को महामारी संग लडिरहेको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी जोखिम मोलेर उचित सेवासुबिधा नहुदापनी रोगसँग लडिरहेका छौँ , जनतालाइ स्वस्थ बनाउन खटिरहेका छौ । आफ्ना र आफन्त नै नजिक पर्न डराइरहेको अवस्थामा हामी प्रत्यक्ष सम्पर्कमा रहि उपचार गरिरहेका छौँ । यो समय हामिलाई सबै क्षेत्रबाट सहानुभुती र हौसलाको खाचो छ सङ्गै सम्पुर्ण जनताको सचेतना जरुरी छ ।

कोभिड १९ लाई माक्सले छेक्छ र रोेक्छ , सेनिटाइजरले मार्छ भन्ने सुनेको धेरै भो तर हालसम्म पनि यो नियन्त्रण बाहिरै छ औषधि समेत पत्ता लागेको छैन । विभिन्न राष्ट्रहरूमा स्वास्थ्यकर्मीहरू सम्मानित भैरहेको बेला हाम्रो देशमा बसिरहेका घररकोठा छोड्न बाध्य बनाउने , सामुहिक रूपमा घेराउ गरि अपमानित गर्ने , भौतिक आक्रमण समेत गर्ने गरेका घटनाहरू दैनिक बढिरहेका छन । आमा हजुरलाइ थाहै छ हामी युद्धमा होमिएका सिपाही जस्तै भएका छौं । फर्किनेको टुंगो छैन, हाम्रो हतियार भनेको तपाईं र तपाईं जस्तै अन्य आमाहरुको आशीर्वाद, सहानुभूति र हाम्रै आत्मविश्वास हो । हजुरले जागिर मात्र नखाएस अरुले आहा भन्ने गरि काम गर्नु भनेको म सधै सम्झिरहन्छु । म जागिर मात्र खानलाई हैन देश र जनताको सेवा गर्नलाई कसम खाएर प्रवेश गरेकि हूँ । मलाई आशिर्वाद दिनुस् आमा तपाइकि छोरी बाँचेर मात्रै होइन बचाएर फर्किनेछु ।

हामी सबैको सहकार्य र मेहनतमा मानव जगत कै अभिशाप यस कोरोना भाइरस को विनाश पश्चात मानव जातिको विजय लिएर मुस्कुराउदै फर्किनेछु ।

हो म फर्किनेछु आमा ।।
-लेखिका नेपाल सरकार स्वास्थ्य सेवामा कार्यरत  हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close