उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालद्वारा राजीनामा घोषणा

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गर्नुभएको छ । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।मैंले राजीनामाको घोषणा गरें,’ मन्त्री हमालले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेटेर राजीनामा बुझाउँदैछु ।’ उहाँले आफू पदका लागि राजनीति नगरेको बताउनुभयो । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै भने, ‘मैंले पदका लागि राजनीति गरिनँ र गर्ने पनि छैन ।’ आफू लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको दाबी समेत गर्नुभयो । नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close