केही फरक काम गरौँ भन्ने सोच बोकेका विक्रम चौहानको निर्देशनमा नयाँ गीत सार्वजनिक

सबैको सन्देश ।अभिनव चौहान ,काठमाडौंं।
पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा निकै ठुलो प्रतिस्पर्धा चलेको छ।कसले राम्रो र फरक किसिमको काम गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा पनि फरक नपर्ला।दैनिक रुपमा कयौं गीतहरु सार्वजनिक भएका हुन्छन् ।तर पनि चर्चाको हिसाबको सबै गीत चर्चित नभएका उदाहरणहरु हाम्रो सामु प्रसस्तै छन् ।तर विक्रम चौहानले निर्देशन गरेका ओए काजलू लगायतका थुप्रै गीतहरुले भने सोचेभन्दा राम्रो दर्शक कमाउन सफल भए।

त्यसैगरी नेपाली गीत संगीतमा सधैं फरक खालका गीतहरु ल्याउन सक्ने खुबी भएका निर्देशकको रुपमा विक्रम चौहानलाई लिन सकिन्छ ।उनका गीतहरुलाई दर्शकहरुले अत्याधिक रुचाउदै आएको पाइन्छ।उनले पैसा र सस्तो लोक प्रियताको लागि कहिले पनि काम गर्दैनन् ।केवल उनले काम गर्छन् त नेपाली गीत संगीतमा योगदान पुराउनको लागि।ऊनी गीत संगीतको क्षेत्रमा यसरी पागल भएर काम गरिरहेको देख्दा यस्तो लाग्छ कि उनको जन्म यहीँ संगीत क्षेत्रको लागि भएको छ।

भर्खरै मात्र ूजिन्दगी खास छू बोलको गीत भावना म्युजिक सोलुशनको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।जसमा उनै चर्चित निर्देशक चौहानले निर्देशन गरेका छन् ।अन्जु पन्त र बादल थापाले स्वर दिएको यस गीतमा विमल र आयुष्माको सशक्त अभिनय देख्न सक्नुहुनेछ।लयरशब्द रोशन सिंहले गरेको उक्त गीतमा मिलन विकले सम्पादन गरेका हुन् भने छायांकन बुद्ध थापा लगायत उनको टिमले गरेको छन्।

सोही गीतका निर्देशक विक्रम चौहानले यो गीत केही फरक तरिकाबाट गरेको हुनाले दर्शकहरुले केही नयाँपन चाखेको अनुभव गर्ने कुरामा आफू ढुक्क रहेको कुरा बताएका छन् ।

भिडियोको लागि तल दिएको लिन्क ओपन गर्नुहोस् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close