पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । जिल्लाको गेरुवा गाउँपालिका–४ ढुकुनियामा पाटेबाघले आक्रमण परि बेपत्ता हुनुभएका ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो । हिजो दिउँसो गेरुवा गाउँपालिका ४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेको थियो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close