यौन सम्पर्कको क्रममा कन्डम फुकाल्दा कानुन लाग्ने

करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना नयाँ ग्राहकले यौन सम्पर्कको क्रममा अचानक उनलाई थाहै नदिई कन्डम निकालेका थिए ।

यो कुरा चाल पाउना साथ उनी बाथरुम तर्फ दगुरिइन् । फर्कँदा ग्राहक हिंडिसकेका थिए । त्यतिवेला उनी बिस वर्षकी थिइन् । उनले नजिकैको हेल्थ किलनिकमा गएर चेक गराइन् ।धन्न , कुनै यौन संक्रमित रोग नलागेको रहेछ ।

तर छ साता पछि उनले गर्भपतन गराउनु प-यो । त्यसका लागि उनको ३ सय डलर खर्च भयो । एक महिना समम उनले पेशा पनि चलाउन सकिनन् । त्यतिवेला ति ग्राहकले गलत काम गरेपनि कानुनी रुपमा त्यो कार्य अपराध थिएन ।

तर अहिले कुनै पनि व्यक्तिले पार्टनरको सहमति बिना त्यसरी कन्डम फुकाल्न नपाउने भएको छ । यस्तो कानुन बनाउने क्यालिफोर्निया अमेरिकाकै पहिलो राज्य भएको छ । गत विहिवार क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्युजोमले कन्डम दुरुपयोग प्रतिवन्धित हुने विधायकमा हस्ताक्षर गरेका छन् ।

अब देखि यस्ते कार्यमा पिडितले पूर्ण रुपमा कानुनी उपचार पाउने भएको छ । संयोगले दुई दशक अघिका पिडित दूगन पनि अहिले सानफ्रान्सिस्कोमा नै वसोवास गर्छन ।लस ऐन्जेल्स,(एजेन्सी)।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close