अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थना नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय ६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिका बाट ३ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार २ सय १८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ६६ रहेको छ।

सन्धिखर्क नगरपालिकामा २८ जना,भुमिकास्थान नगरपालिकामा ७ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ८ जना,पाणिनी गाउँपालिकामा १९ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का ४३ वर्षिय पुरुषको जिल्ला अस्पतालमा उपचारको क्रममा  कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो संगै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८४ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close