श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु

काठमाण्डौं ।रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ भोर्लेको डाँडाटोलमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु भएको छ। श्रीमानले लात्तीले हान्दा श्रीमती आँगनमा बजारिएर कि थिएन ।७६ वर्षका बुधे गाङताङले आज बिहान साढे ११ बजेको समयमा ६१ वर्षीया श्रीमती बाटुलीलाई लात्तीले हानेका थिए । श्रीमानले लात्तीले हानेपछि बाटुली आँगनमा बजारिएर गम्भीर घाइते भएकी थिइन् । घाइते भएकी बाटुलीलाई एम्बुलेन्समार्फत त्रिशूली अस्पताल पुर्‍याइएकोमा परीक्षणपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।बाटुलीका श्रीमानलाई प्रक्राउ गरि थप अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।घरासी विवाद हुँदा श्रीमानले लात्ती हानेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close