ओली एक्लै हिँडने प्रयास गर्दा विद्रोह भयोःमन्त्री झाँक्री

गुल्मी ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव तथा शहरी विकासमन्त्री राम कुमारी झाँक्रीले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताउनुभएको छ । एकीकृत समाजवादी गुल्मीले आयोजना गरेको जिल्ला भेलामा बोल्दै उहाँले ओलीको चाकर ठान्नेहरु मात्रै ओलीसँग बसेको र आफुहरुलाई उनले दुस्मन ठानेका कारण बिद्रोह गरि निस्केको बताउनुभएको छ । सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको उहाँको भनाइ छ ।फरक प्रसंगमा उहाँले लामो समय नेपाली राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफ्नो भुगोल बनाउन नपाएको गुनासो गर्दै आगामी निर्वाचनमा गुल्मीबाटै चुनाव लडने बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close